अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

धादिङ । धादिङको गजुरीबाट अवैध लागूऔषध गाँजा सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
गल्छीबाट नुवाकोटतर्फ जाँदै गरेको मोटरसाइकलमा प्रतिबन्धित लागूऔषध लैजाँदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीको टोलीले गल्छी गाउँपालिका वडा नंम्बर ७ गल्छी बजारबाट गल्छी गाउँपालिका वडा नंम्बर ५ रैले बस्ने ३२ बर्षिया विनोद तामाङ र सोही ठाउँको छहरा बस्ने २२ बर्षकी सिता रोक्कालाइ पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु सवार बा. २५. प. ३१७४ नम्बरको होन्डा मोटरसाईकललाइ रोकेर चेकजाँच गर्दा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा ७ किलो १०० ग्राम फेला पारेको थियो ।
लागूऔषध गाँजा सहित पक्राउ परेका उनीहरु विरुद्ध सम्मानित धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख (डिएसपी) भावेश रिमालले बताए । अहिले गजुरी प्रहरीले आफ्नो सक्रियता बढाएसंगै पछिल्लो समय लागूऔषध ओसारपसार गर्ने गिरोह समेत नियन्त्रणमा आउन थालेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्