Techie IT
आईतबार, माघ १३,२०८१

चितवनको भण्डाराबाट अवैध कीटनाशक औषधी बरामद


चितवन । नेपाल सरकारको कृषि तथा पशुपंक्षि बिकाश मन्त्रालयसंग स्वीकृत नलिइ अवैध रूपमा बिक्री प्रयोजनका लागी ल्याइएको औषधीलाइ ईलाका प्रहरी कार्यालय भण्डाराले शनिबार बरामद गरेको छ ।

बाराको परवानीपुरमा शिवशक्ति बायोप्लान्टिक प्रालिको ना ३ ख १८९ नम्बरको ट्रकमा धात्री तथा जुपिटर नामक कीटनाशक औषधी हेटौंडा हुँदै चितवनतर्फ लैजाँदै छ भन्ने प्रहरी प्रधान कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालयको सूचना पश्चात अस्थायी प्रहरी पोस्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको टोलीले ३ केजीको ४८९ थान धात्री र १ केजीको जुपिटर ११ थान तथा ५०० मिलीलीटरको जुपिटर नै १३३ थान बरामद गरेको हो ।

इजाजतपत्र समेत नलिइ सो, कम्पनीले कालोबजारी गर्ने उद्देश्यका साथ राप्ती नगरपालिका ४ स्थित पिप्लेमा मल लोड/अनलोड गरिरहेको अवस्थामा उद्योगका सुपरभाइजर सन्तोष साहसहित ३ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएको कीटनाशक औषधी ईलाका प्रहरी कार्यालय भण्डाराले हिजो (आइतबार) कृषि ज्ञान केन्द्र चितवनको जिम्मा लगाएकोमा जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशन पछि उक्त ट्रकलाइ जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मा लगाएको थियो ।

खाद्यबालीमा राखिने कुनै पनि कीटनाशक औषधी र भिटामिन नेपाल सरकारको स्वीकृत बिना बिक्रीवितरण गर्न पाइदैन । तर, पनि सो, कम्पनीले बिगत लामो समयदेखि प्रशासनको आँखा छल्दै किसानहरूमाथि ठगी धन्दा चलाउँदै आएका छन् ।

सो, कम्पनीले मकवानपुरको हटिया, बस्तीपुर, मनहरी तथा चितवनको पिप्ले र रत्ननगरका हजारौं किसानहरू संग एक महिना अघि नै पेश्की बापत मोटो रकम असुली गरेका थिए । अहिले सोही पेश्की लिए बापतको मल पुर्‍याउन आउने क्रममा उनीहरु समातिएका हुन् ।

३ बर्ष पहिले पनि सोही कम्पनीलाइ चितवनको निपनी चोकबाट प्रहरीले रत्ननगर नगरपालिकाको कृषि शाखा प्रमुख शिवराज पौडेल र ईलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले २२५ प्याकेट औषधी सहित नियन्त्रणमा लिएको थियो ।

यता, ईलाका प्रहरी कार्यालय भण्डाराले भने पक्राउ परेका ट्रकका चालकसहित मललाइ थप कार्वाहीको लागी कृषि ज्ञान केन्द्रमा पठाइएको जनाएको छ । कृषि ज्ञान केन्द्रको अनुरोधमा हामीले उहाँहरुलाइ एक दिन हाम्रो निगरानीमा राखी भोलिपल्टै थप कार्वाहीको लागी पठाएका छौँ । स्रोतले भन्यो, थप अनुसन्धान र बिषादी भए / नभएको अनुसन्धान गर्ने निकाय कृषि ज्ञान केन्द्र नै रहेकोले हामीले थप दुइ जना प्रहरी जवानसहित बरामद गरिएको मललाइ भरतपुरतर्फ पठाएका हौँ ।

बारामा उद्योग, पर्सामा कार्यालय !
यता, बाराको परवानीपुरमा उद्योग खोली शिवशक्ती बायोप्लान्टिक प्रालिले किसानहरू माथी ठगी गर्ने गरेको स्रोतले जनाएको छ । पाँच वटा सटर भाडामा लिएर गोदाम बनाइ उक्त उद्योगले लामो समयदेखि कालोबजारी गर्ने गरेको पाइए पनि निज माथी कसैले छुन सकेको छैनन् ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकाश मन्त्रालय तथा बिषादीको इजाजतपत्र समेत नलिइ उक्त कम्पनीले प्रशासनलाइ ठाडो चुनौती दिदै जैविक मल र धात्री मलको कृत्रिम कालोबजारी गर्ने गरेको स्रोत बताउँछ । बिगत १२ बर्षदेखी मानिसलाइ झुक्यानमा समेत पारी कृत्रिम कालोबजारी गर्ने उद्देश्यका साथ अवैध कार्यालय खडा गरी बिना इजाजतपत्र बिषादी मललाई समेत अर्गानिक मल भनी बेच्ने समेत गरेको स्रोत बताउँछ ।

आरोप प्रमाणित भए ६ बर्षसम्म कैद हुन्छ : सप्रजिअ

यता, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले आरोपित माथि लागेको आरोप पुष्टि भएमा ६ बर्षसम्म कैद हुने र सोही बराबरको बिगो समेत फैसला हुने जनाएको छ । शनिबार मल नियन्त्रणमा लिएको सम्बन्धमा चितवन प्रशासनको ध्यानाकर्षण भएको बताउँदै सप्रजिअ शर्माले यस्मा उचित छानबिन हुने बताए ।

हामी यस बिषयमा एकदमै गम्भीर छौँ । शर्माले भने, उहाँहरुको सामान जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छ । यस बिषयमा सत्यतथ्य छानबिन हुन्छ । दोषी उम्किन पाउदैनन्, प्रशासन गम्भीर छ । उनलेे भने ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
6:51 am5:40 pm +0545