श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

चितवन । चितवनमा आफ्नै श्रीमतीको हत्याको अभियोगमा श्रीमान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नंम्वर ६ अमरबस्ती बस्ने २२ बर्षिया अम्बिका महतोको हत्यामा संलग्न रहेको आरोपमा उनैको श्रीमान २५ बर्षिया साजन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
पौष ५ गते आइतबार राती आफ्नै घर छेउमा लडी घाईते भएको अवस्थामा रहेकी अम्बिकालाइ हिजो (सोमबार) बिहान आफन्तले उपचारको लागि भरतपुर अस्पताल लगे पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
मृतकको शरिरमा लागेको घाउचोट, घटनास्थलको प्रकृती हेर्दा अस्वभाविक लागी अनुसन्धान गर्ने क्रममा अम्बिका महतोलाई उनैको श्रीमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएपछि ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका आरोपित साजन विरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्यलाई अघि बढाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्