महामन्त्री पदमा निर्वाचन हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने गगन थापाको घोषणा

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा पुनः निर्वाचन हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ ।
काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्नुभएका थापाले दोस्रो पटक पनि चुनाव हारे पार्टीको साधरण कार्यकर्ता भएर बस्ने घोषणा गर्नुभएको हो । थापा १३औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेद्वार बनेर पराजीत हुनुभएको थियो । यसपटक सोही पदमा थापाले दोस्रो पटक उम्मेदवारी दिनुभएको हो ।
‘कि म नेपाली कांग्रेसको महामन्त्री हुन्छु, चार बर्ष साँढे चार बर्ष पार्टी चलाउछु, त्यस्ले आगामी बाटो तय गर्छ, महामन्त्री हुन सकिने भने म नेपाली कांग्रेसको साधरण कार्यकर्ता मात्रै भएर बस्छु किन भने मैले परीषामा एकपटक उतिर्ण भईन, मैले परि साथीहरुको बीचमा त्यही कक्षामा परीक्षा दिन आइसकेपछि उतिर्ण भए मात्रै अडागि बढने हो । फेरि अनुतिर्ण भएँ भने त मैले यो भन्दा अगाडिको यात्राका लागि योग्य रहेनछु भन्ने बुझ्नु पर्छ,’ थापाले भन्नुभयो, ‘त्यसैले कि म महामन्त्री हुन्छ, कि साधरण सदस्य मात्रै भएर बस्छु, यो भन्दा अर्काे बिकल्प छैन ।’
महामन्त्रीमा थापासँगै डा. मिनेन्द्र रिजाल, बिश्वप्रकाश कर्मा, प्रदीप पौडेल, डा.प्रकाश शरण महत र डा. राजाराम कार्की उम्मेदवार हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गगन थापा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्