राप्रपाको भ्रातृ संगठनबाटै एकता महाधिवेशन बहिष्कार

मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय एकता महाधिवेशन पार्टीकै भ्रातृ संगठनले बहिष्कार गरेको छ ।
पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संघले महाधिवेशन बहिष्कार गरेको हो । महाधिवेशनमा उक्त संगठनबाट अत्यन्त कम प्रतिनिधित्व गराइएको भन्दै महाधिवेशन बहिष्कार गरिएको राष्ट्रिय संघका अध्यक्ष ऋषिबाबु परियारले जानकारी दिए ।
महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि धमाधम मतदान भइरहेका बेला संगठनले भने महाधिवेशनस्थलनजिकै रहेको रिपोर्टर्स क्लब नेपालमा आकस्मिक पत्रकार सम्मेलन गर्दै महात्रिवेशन बहिष्कार गरेको जनाउ दिएको हो ।
संघले पार्टी एकीकरणपश्चात् उत्पीडित समूदायलाई दिइएको ३ वटा कोटा पर्याप्त नरहेको भन्दै महाधिवेशन बहिष्कार गरेको बताएको छ । परियारले तीन वटा पार्टीको एकीकरणपश्चात् संगठनको आकार पनि बढेको भन्दै उत्पीडित समुदायलाई दिइँदै आएको ३ वटा कोटा पर्याप्त नभएको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #राप्रपा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्