नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने

गोङ्गबुस्थित नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । यसका लागि व्यवसायीहरु तयार रेहको उहाँले बताउनुभयो । उहाँले विगत १४ वर्षदेखि कान्तिपुर मलले उपहार योजना सञ्चालन गर्दै आएको बताउनुभयो । कान्तिपुर मल व्यापार सङ्घका अध्यक्ष जीतबहादुर कटुवालले कोरोनाले थला परेको व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा उपहार योजनामा प्रथम हुने काठमाडौँ कपनकी यमुना वाग्लेलाई रु दुई लाख ९० हजार मूल्य बराबरको १५० सिसीको यामाहा कम्पनीको मोटरसाइकल, दोस्रो हुने चितवनका समीर भट्टराईलाई रु दुई लाख ६७ हजार ९०० पर्ने १२५ सिसीको यामाहा कम्पनीको स्कुटर, तेस्रो हुने लमजुङकी सरिता अधिकारीलाई रु ४० हजार मूल्य बराबरको टेलिभिजन र चौथो हुने चन्द्रा खड्कालाई रु २५ हजार बराबरको फ्रिज प्रदान गरिएको थियो । विसं २०६४ देखि सञ्चालनमा रहेको कान्तिपुर मलमा करिब २०० व्यावसायिक सटर सञ्चालनमा छन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #नयाँ बसपार्क
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्