लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

महोत्तरीको सम्सीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने शनि नेपाली रहेका महोत्तरी प्रहरीले जनाएको छ ।
भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँच गर्ने क्रममा किशोरले कम्मरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाएको लागूऔषध भेटिएको महोत्तरी जिल्ला प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
बालकको साथबाट चार पत्ता नाइट्रोभेट (६० पिस) र दुई पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस) ट्याब्लेट बरामद भएको छ ।
बालकलाई प्रहरी हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #लागूऔषध
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्