Techie IT
आईतबार, असार १०,२०८१

ओलीले घोषणा गरेको सूचीमा नपरे पछि रामबिरले गराए उम्मेदवारी दर्ता


चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा पूर्व राज्यमन्त्रि रामबिर मानन्धरले केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेक पछि मानन्धरले उम्मेदवारी दिएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

यसअघि ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
28°
Partly Cloudy
5:09 am7:02 pm +0545