नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न युनेस्कोलाई आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गर्नुभएको छ । फ्रान्सको पेरिसमा आयोजित युनेस्कोको ४१ औँ महासभामा भाग लिएर स्वदेश फर्कनुभएका उहाँले आफूले ती संस्थाका प्रतिनिधिलाई सो आग्रह गरेको जनाउनुभयो ।
उहाँले स्वदेशमै रोजगारीका अवसर सिर्जनाका लागि सीपमूलक शिक्षा र शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने भएकाले त्यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो । मन्त्री पौडेलले त्यहाँ रहँदा नेपाली जनप्रगतिशील मञ्च, फ्रान्सले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताउनुभएको थियो ।
मन्त्री पौडलका साथ शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी प्रतिनिधिमण्डलमा हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका, #शिक्षा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्