टाँडीका डिएसपी रानाको एक्सन : एक सय ८४ किलो चरेस सहित ३ जना पक्राउ

चितवन । चितवन प्रहरीले एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई शनिबार पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले आज (शनिबार) बिहान पाँच बजेको समयमा रत्ननगर नगरपालिका ३ शान्तिचोक स्थित जनप्रिय टोलमा रहेको स्थानीय विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका १५ बस्ने बर्ष ३२ का उद्वव अधिकारी, लमजुङ बस्ने २५ बर्षीया सुजन गुरुङ, सोही ठाउँ बस्ने बर्ष २३ को सुजन सार्की रहेका छन् ।
प्रहरी स्रोतका अनुसार स्थानीय बिष्णु पन्तको घरलाई सोही नगरपालिकाको वडा नं १५ निवासी उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए । गोदाम गरिएको उक्त स्थानमा अवैध चरेस लुकाइराखेको भन्ने सूचना प्राप्त भएपश्चात टाँडीका प्रहरी प्रमुख रानाको कमान्डमा खटिएको टोलीले ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो ।
पक्राउ परेकाहरूलाइ अहिले ईलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ भने, उनीहरुलाइ भोलि आइतबार लागूऔषध ओसारपसार कसुरमा सम्मानित चितवन जिल्ला अदालतमा बुझाउने प्रहरी स्रोतले जनाएको छ । यस बिषयमा टाँडी प्रहरीले भने अनुसन्धानकै सिलसिलामा रहेकोले केही बताउन नमिल्ने बताउँदै आएको छ । पक्राउ परेकाहरूलाइ भोलि (आइतबार) नै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्