Techie IT
शुक्रबार, असार ८,२०८१

रेडियो नेपालमा रोजगारी खुल्यो


कात्तिक । रेडियो नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको छ।

आज सूचना प्रकाशन गर्दै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले विभिन्न पदमा ३९ जना माग गर्दै आवेदन खुला गरेको छ ।

ईञ्जिनियर ३ जना माग भएको छ । सबैभन्दा धेरै प्राविधिक सहायक पदका लागि आवेदन खुलेको छ । १० जना प्राविधिक सहायक माग भएको हो ।

वरिष्ठ प्राविधिक सहायक ७ जना माग भएको छ । अन्य १९ जना भने विभिन्न पदका लागि छन् । शुक्रबारदेखि २१ दिनभित्र इच्छुकहरूले आवेदन दिन सक्नेछन् ।

रेडियो नेपालको वेबसाइटबाट आवेदन फारम डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #रेडियो नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Partly Cloudy
5:08 am7:02 pm +0545