Techie IT
बुधबार, वैशाख २४,२०८२

सुनको मूल्य एक हजार ३०० ले बढ्यो


नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेको छ । बुधबार प्रतितोला रु ९२ हजार २०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा रु २० बढेको छ ।
चाँदीको मूल्य रु एक हजार २७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५० डलरमा कारोबार भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सुनको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mist
5:18 am6:42 pm +0545