किसानलाई राहत रकम वितरण

रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दुई हजार किसानलाई झण्डै रु ९० लाख राहत वितरण गर्ने गरी काम अघि बढाएको छ । गत असोज २९, ३० र ३१ गतेको वर्षाले किसानको भित्र्याउने बेलाको धानमा क्षति गरेको थियो ।
सो नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको छ । नगरप्रमुख नारायण वनले वडा नं १ का किसान ब्रमा चौधरीलाई राहत रकम सोमबार हस्तान्तरण गरेर वितरण कार्यक्रमको औपचारिक सुरुआत गर्नुभएको छ । उहाँका अनुसार सबै वडामा वितरण गर्ने गरी रकम पठाइसकिएको छ । रत्ननगरमा किसानको दुई कठ्ठादेखि साढे पाँच बिघासम्मको धानमा क्षति पुगेको छ ।
वर्षाले १६ वडामा दुई हजार किसानको ९०० बिघा धानखेती पूर्णरूपमा क्षति भएको छ । प्रतिबिघा रु १० हजारका दरले रु ९० लाख राहतस्वरुप वितरण हुने कृषि शाखा प्रमुख प्रवीण लामाले जानकारी दिनुभयो । धान काटेर निइन लगाएको र पानीले भिजेको धानको मात्र राहत प्रदान गरिएको उहाँले बताउनुभयो ।
सबैभन्दा धेरै वडा नं ५ टरौलीका किसान चामुनारायण चौधरीको पाँच बिघा १० कठ्ठा क्षेत्रफलमा लगाएको धानखेती कुहिएर नष्ट भएको छ । उहाँले वडा कार्यालयबाट रु ५५ हजार राहत रकम प्राप्त गर्नुहुनेछ ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार
ट्याग : #किसान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्