वर्षाले बागमती प्रदेशको धानबालीमा क्षति

असोजको अन्तिम सातामा परेको अविरल वर्षाका कारणले बागमती प्रदेशको सात जिल्लाका दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा किसानले लगाएको धानबालीमा क्षति पुगेको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रारम्भिक एक अध्ययनले जनाएको छ ।
साथै दसैँलगत्तै सरकारी कार्यालय खुलेकाले कृषि प्राविधिक कर्मचारी परिचालन गरिएको र थप धानबाली क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ । मन्त्रालयको प्रारम्भिक अध्ययनअनुसार बागमती प्रदेशको मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङ जिल्लामा अविरल वर्षाका कारणले धानबालीमा भएको क्षतिको विवरण आएको जनाइएको छ । थप विवरण आउँन बाँकी रहेको छ ।
उक्त मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार मकवानपुरमा १००, चितवनमा एक हजार ६३५, सिन्धुलीमा ९०, रामेछापमा ३०, नुवाकोटमा ३६, काभ्रेमा १५ र धादिङमा ९८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको हो । बागमती प्रदेशको सात जिल्लामा रु तीन करोड ८२ लाख २० हजार मूल्य बराबरको धानबालीमा प्रारम्भिक क्षति भएको अनुमान छ । प्रदेशको कृषि मन्त्रालयले रु एक करोडसम्म विपद्का लागि राहत दिन बजेट छुट्याएको छ ।
मन्त्रालयलले क्षतिको पूरा विवरण आएपछि धानबालीमा लगाएको लागत रकम हिसाब गर्र्ने र सोहीअनुसार क्षतिपूर्तिका लागि लागतको २० प्रतिशतसम्म राहत दिने बताइएको छ । प्रदेशका १३ जिल्लामा ९४ प्रतिशत धानखेती गरिएको थियो । बागमती प्रदेशको स्थानीय तहका कृषि प्राविधिक, मन्त्रालय मातहतका कृषि निर्देशलाय र स्थानीय तहका कर्मचारीबाट क्षतिको विवरण सङ्कलन भइरहेको सूचना अधिकारी अनुपले बताउनुभयो ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार, स्थानीय
ट्याग : #कृषि, #बागमती प्रदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्