पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले प्रवेश गर्ने

काठमाडौं, ८ कात्तिक । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले प्रवेश गर्ने भएका छन् ।
खनाललाई एमाले प्रवेश गराउन विभिन्न चरणमा छलफल समेत भइसकेको छ । एमालेको १० औं महाधिवेशन नजिकिदै गर्दा खनाल एमाले प्रवेश गर्न लागेका हुन् ।
खनाललाई एमाले प्रवेश गराउनेबारे छलफल भइरहेको एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले बताएका छन् ।
तनहुँ जिल्लाका खनालले आफू अबको निर्वाचनमा एमालेबाट सांसदको उमेदवार बन्ने तयरीमा रहेको आफू निकटहरूसँग बताउने गरेका छन् ।
खनालले एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरूसँग अनौपचारिका छलफल समेत चलाएका छन् । दुई क्षेत्र रहेको तनहुँमा खनालको स्थायी घर क्षेत्र नं. १ मा पर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्