मुद्दा मिलाइदिन्छु भनी ठगी गर्ने कानुन ब्यवसायी पक्राउ

चितवन । चितवनमा मुद्दा मिलाइदिन्छु भनी पैसा माग गर्ने कानुन ब्यवसायी पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नंम्बर ५ पदमपुर बस्ने ५० बर्षिया कानुन व्यवसायी रामचन्द्र देवकोटालाइ प्रहरीले (आइतबार) पक्राउ गरी सार्वजनिक गरेको हो ।
देवकोटाले आफैंले नागरिकताको विषयमा जाहेरी दरखास्त लेखेर जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंँग पटकपटक फोन सम्पर्क गरी तपाईंको नाममा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दरखास्त परेको छ, उक्त जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाई दिन्छु भनी रकम माग गरेको भन्ने सुचनाको आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनले प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसँग पटक पटक फोन सम्पर्क गरी रकम माग गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका काननु व्यवसायी समेत रहेका देवकोटाबिरुद्ध ठगी उद्योगमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्