Techie IT
आईतबार, वैशाख २१,२०८२

मोटरसाइकल चोरी गर्ने गिरोहलाइ सार्वजनिक गर्न “चितवन प्रहरी” डरायो


चितवन । कुनै कसुरमा कुनै अपराधी पक्राउ पर्छन् भने प्रहरीले तत्कालै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ । घट्नाको गम्भीरतालाइ हेरेर कुनै घट्नाका अभियुक्तलाई सार्वजनिक गर्न ढिलोचाँडो पक्कै हुन्छ ।

तर, चितवनमा चोरीको मोटरसाइकल किन्ने तथा बेच्ने गिरोहलाइ प्रहरीले धमाधम पक्राउ गरिरहदा त्यसलाई समयमै सार्वजनिक गर्न भने चितवन प्रहरीले आनाकानी गरिरहेको छ । विभिन्न समयमा जिल्लामा चोरी भएका तथा हराइरहेका मोटरसाइकल सहित १३ जनालाइ प्रहरीले पक्राउ गरेपनि अभियुक्तलाई भने सार्वजनिक गर्न प्रहरीले चासो दिएका छैनन् ।

प्रहरी स्रोतका अनुसार आइतबार चोरीको मोटरसाइकल किन्ने भरतपुर महानगरपालिका १ ठिमुरा बस्ने २८ बर्षका रविन गुरुङ सहित चोरीमा संलग्न रहेको आरोपमा बाराको मधुवन पानीट्याङ्की बस्ने ३४ बर्षिया सुनिल चौधरी, २८ बर्षिया लक्की चौधरी र सोही ठाउँ बस्ने ३१ बर्षका राजदेव चौधरीलाइ पक्राउ गर्‍यो ।

आरोपितहरुले पारसबसपार्कबाट राती पौने आठ बजे समयमा बुलेट मोटरसाइकल चोरी गरी राजदेवमार्फत ठिमुराका गुरुङलाई भाटभटेनी पछाडी मोटरसाइकल बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।

यसरी पक्राउ परे मोटरसाइकल चोरका गिरोह
पक्राउ परेका मध्य ठिमुराका गुरुङले राजदेवलाइ सस्तोमा बुलेट मोटरसाइकल चाहिएको बताएपछि राजदेवले आरोपित मध्यका सुनिल र लक्कीलाइ बाराबाट चितवन बोलाए । आइतबार बिहानै चितवन आएका सुनिल र लक्की दिनभरी बजार डुल्ने र रात परेपछि वा भिडभाडको मौका छोपी मोटरसाइकल चोरी गरिहाल्थे । त्यसैको सिलसिलामा चितवन आएका उनीहरुले रातीको समयमा पारस बसपार्कबाट एउटा बुलेट मोटरसाइकल चोरी गर्न सफल भए ।

मोटरसाइकल चोरी भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षा सतकर्ता बढायो । चितवन प्रहरीले तत्कालै मातहतका प्रहरी युनिटहरुलाइ समेत चोरी भएको मोटरसाइकलको नम्बर टिपाए ।

त्यसपछि मोटरसाइकल सहित आरोपित मध्य दुइ जना लाइ प्रहरीले २ घण्टा बित्न नपाउँदै पक्राउ गर्न सफल भयो । मोटरसाइकल चोरी भएको खबर पाएपछि पिकेट ड्युटी गर्दै आएकी वर्डा प्रहरी कार्यालय नारायणगढ चितवनमा कायारर्त प्रहरी हवल्दार सम्झाना ढकालले पोखरा बसपार्कबाट चोरी भएको मोटरसाइकलसहित एक जनालाई पक्राउ गर्न सफल भइन् ।

पक्राउ परेका गुरुङको बयानका आधारमा प्रहरीले राजदेव चौधरीलाइ आइतबार राती १० बजेको समयमा लायन्सचोकस्थित एक होटलबाट पक्राउ गर्‍यो ।

राजदेवलाइ प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि उनका सहयोगी चोरीका मुख्य नाइँकेद्वय सुनिल र लक्कीलाइ भने प्रहरीले हिजो (मंगलबार) बिहान १० बजे मात्रै राजदेवको सहयोगमा भरतपुरस्थित पारसबसपार्कबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनीहरुलाइ साझा पेट्रोल पम्पबाट तेल हाल्दै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको बताइएको छ ।

प्रहरीले सोमबार नै उनको योजनामा अभियुक्तहरुलाई चितवन बोलाएको भएपनि उनीहरु सम्पर्कमा आएका थिएनन्, हिजो (मंगलबार) मात्रै राजदेवले पुनः टु ट्वान्टी बाइक चाहियो भनेकोमा निजले अग्रिम १ लाख रुपैयाँ पैसा माग गरेपछि पैसा लिन चितवन आएको समयमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले उनीहरु चढी आएको सेतो/ रातो रंगको मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरुले उक्त मोटरसाइकलको कागजपत्र आफुहरुसंग रहेको दाबी गरेपनि देखाउन भने नसकिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार पक्राउ परेका बाराका सुनिल र लक्की चौधरी कुख्यात मोटरसाइकल चोर हुन् ।

६ थान मोटरसाइकल सहित नौ जना पक्राउ
यसैबीच, चितवन प्रहरीले १ साता अघि मात्रै ६ थान मोटरसाइकल सहित चोरी कार्यमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेपनि सार्वजनिक गर्न सकेको छैनन् । प्रहरीले रातो र कालो कलरको टु ट्वान्टी मोटरसाइकल ५ थान र सेतो कलरको एन.एस मोटरसाइकल १ थान सहित नौ जनालाई पक्राउ गरेपनि हालसम्म उनीहरुलाइ सार्वजनिक गर्न नसकिएको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको आरोपमा भरतपुर महानगरपालिका ११ भोजाड बस्ने अनिश श्रेष्ठ, अशोक कुमाल तथा चोरीको मोटरसाइकल वर्कशपमा ल्याइ राखेको आरोपमा भरतपुर महानगरपालिका ४ लंकु बस्ने आरपी मोटरसाइकल वर्कशपका सञ्चालक अरुण कंडेलसहित चोरीको मोटरसाइकल किन्ने खैरहनी नगरपालिका ६ चैनपुर बस्ने सरोज खतिवडा, भरतपुर महानगरपालिका १९ सुर्यनगर बस्ने तेजस पुनः लगायत अन्य ६ जनालाई समेत पक्राउ गरिएको बताएको छ ।

प्रहरीका अनुसार उक्त मोटरसाइकलहरु चैनपुरबाट १ थान, यातायात कार्यालयबाट २ थान, भरतपुर हाकिम चोकबाट १ थान सहित सुर्यनगरबाट २ थान बरामद गरिएको थियो । पक्राउ परेकाहरू सबै उपर सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको सक्रियताका बाबजुद चितवनमा अहिले दैनिकजसो ३ देखि ५ वटासम्म मोटरसाइकलहरु चोरी हुने गरेको प्रहरीको तथ्यांक छ । प्रहरीले धमाधम मोटरसाइकल चोरहरु पक्राउ गरेको भएपनि सार्वजनिक गर्न भने खासै चासो दिएको पाइदैन । यस अघि पनि चोरीको मोटरसाइकल सहित पक्राउ परेका रोहित श्रेष्ठको हकमा समेत “साझापाना अनलाइन” ले समाचार प्रकाशित गरेको १० दिनपछि मात्रै चितवन प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको थियो । प्रहरीले अभियुक्तहरुलाई अदालतमा पेश गरेपनि समयमै पत्रकार सम्मेलनमार्फत आरोपितलाइ सार्वजनिक गर्न आनाकानी गरिरहदा प्रहरी कतै आर्थिक प्रलोभनमा त पर्न लागेको होईन भन्ने समेत शंका उब्जिएको स्रोतले जनाएको छ । अन्य तुलनामा मोटरसाइकल चोरका गिरोहलाइ पक्राउ गरेको सातादिन बितिसक्दा समेत प्रहरीले सार्वजनिक गरेको भने पाइदैन । त्यसैको फल स्वरुप चितवन प्रहरी बेलाबखतमा बिवादतमा तानिरहेका हुन्छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय
ट्याग : ##चितवन #मोटरसाइकल #चोर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545