कांग्रेसमा क्रियाशील सदस्यता विवाद : मन्त्रीले पिटे कार्यकर्ता

नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुर्व्यहार गरेका छन् ।
सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहले नेता तथा कार्यकर्तामाथि दुर्व्यहार गरेका हुन् ।
सर्लाही–४ (क)बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । सदस्यताका विषयमा विवाद उत्पन्न भएपछि उनलाई पार्टीका अन्य नेताहरूले मन्त्री जस्तो मान्छे यस्तो गर्ने हो भन्दै त्यहाँ रहेका अन्यले रोकेका थिए ।
सदस्यताको विषयमा समस्या उत्पन्न भएपछि केही समयअघि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामाको घोषणासहित पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए । त्यहाँको सदस्यता विवाद अझै सुल्झेको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मन्त्रीले पिटे कार्यकर्ता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्