पुर्वी चितवनमा एक जनाको हत्या, अभियुक्तलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण, सात घाइते

चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ९ सितलटोलमा प्रहरी र स्थानीय बीच झडप भएको छ ।
गएराती साँढे नौ बजेको समयमा स्थानीय ५० बर्षीया दशरथ मल्लले फलामको गलले हिर्काइ सोही ठाउँ बस्ने ५९ बर्षिया कान्छा लामाको हत्या गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिन घट्नास्थल पुगेको ईलाका प्रहरी कार्यालय भण्डाराको टोलीलाई अवरोध सृजना खडा गर्दै ढुंगामुढा गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
स्थानीयसँग भएको झडपमा परी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक स्याम बस्नेत, ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक रोशन खड्का घाइते भएका छन् । त्यस्तै, दंगा प्रहरी नियन्त्रण गण दरबन्दी भई थप जिल्ला प्रहरी कार्यालय चितवनमा थप टोली आएका प्रहरी जवान अनिल बिक, प्रहरी जवान निकेश प्रजा, प्रहरी हवल्दार टेकेन्द्र राना समेत घाइते भएका छन् । स्थानीयका तर्फबाट कुस्मा पुन र कुशल पुन समेत घाइते छन् ।
घाइते भएका प्रहरी निरीक्षक खड्काको आँखामा गहिरो चोट लागेको छ भने, बिकको दाँत भाँचिएको छ । उनीहरूको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडप भएको हो ।
स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो । मृतकको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । रातभर तनावग्रस्त भएको त्यहाँको अवस्था अहिले सामान्य हुँदै गएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्