Techie IT
सोमबार, वैशाख २२,२०८२

आज ओली सहित शिर्ष नेताले एमालेका जनप्रतिनिधि र नेताहरुलाई प्रशिक्षण दिने


नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको आयोजनामा  अध्यक्ष केपी ओली सहित शिर्ष नेताले भाद्र ३१ गते काठमाण्डौका जनप्रतिनिधि र नेताहरुलाई प्रशिक्षण दिने भएका छन। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा १२ बजे बाट हुने प्रशिक्षण कार्यक्रममा शिर्ष नेताहरुले प्रशिक्षण दिन लागेका हुन।

नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु, महानगर तथा नगर कमिटीका सदस्यहरु, नेकपा एमालेका जनप्रतिनिधिहरु, वडा कमिटीका अध्यक्ष तथा सचिवहरु र जन संगठनका केन्द्र ,प्रदेस ,जिल्ला र नगरका प्रमुखहरुको सहभागितामा हुने उक्त बृहत भेलामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली,महासचिव ईश्वर पोखरेल,उपाध्यक्ष अस्टलक्ष्मी शाक्य , नेता राम बहादुर थापा र केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले विभिन्न विषयमा प्रशिक्षण दिन लागिएको छ।

 उक्त कार्यक्रममा समसामयिक परिस्थिति र अबको राजनीतिक अवस्था ,पार्टीको १० औ महाधिवेशन ,संगठन निर्माण  र कार्यकर्ताको भूमिका ,आजको आवस्यकता नेकपा एमालेको एकता र कम्युनिट आन्दोलनको मूल प्रवाह : नेकपा एमाले लगायतका विषयमा प्रशिक्षण दिन लागिएको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #kp oli


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545