चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न ३ जना महिला पक्राउ

चितवन । चितवन प्रहरीले चोरी कार्यमा संलग्न रहेको आरोपमा तीन जना महिलालाई पक्राउ गरेको छ ।
चोरी तथा लुटपाट गर्न समुह नै बनाई सार्वजानिक स्थान तथा सवारीसाधनमा भिडभाडको फाइदा उठाई चोरी गर्ने सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ मुसहरीटोल बस्ने ३५ बर्षिया पिंकी धामीन सहित ३ जना महिलालाई पक्राउ गरी आज (बुधबार) सार्वजनिक गरेको हो ।
सार्बजनिक बसमा यात्रारत एक जना महिलाको ब्याग बाट गरगहना चोरी गरेको अवस्थामा चोरीको सुनको गरगहना सहित उनीहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिषेशगरी महिलाहरुलाई लक्षित गरी शरीरमा लगाएको गरगहना र खल्ती वा ब्यागमा राखेको सामान चोरी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पक्राउ परेकाहरु उपर चोरी कसुर ऐन अन्तर्गत मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्