ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन । चितवनमा ट्रकको ठक्करबाट सोमबार मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका २, नारायणगढ लायन्सचोकस्थित गणेशहल अगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर नगरपालिका १० बस्ने ३१ बर्षीया यदुराज पौडेलको मृत्यु भएको हो ।
दाङबाट सिमेन्ट लोड गरेर जनकपुर तर्फ गईरहेको ना. ८. ख. ६२४९ नम्बरको ट्रकले पौडेल सवार ना. ३९. प. २०९३ नम्बरको पल्सर मोटरसाइकललाइ आज (सोमबार) बिहान १०:४५ बजेको समयमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पौडेललाइ थप उपचारका लागी अस्पताल तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाइ ठक्कर दिने ट्रक र ट्रकका चालक लाई चितवन प्रहरीले आफ्नु नियन्त्रणमा लिएको छ । मृतकको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । सवारी दुर्घटनामा सोमबार ज्यान गुमाएका पौडेल पुर्व शिक्षक समेत हुन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्