संखुवासभा हत्या आरोपित सार्वजनिक : एउटै चिर्पट प्रयोग गरि पाँच जनाको हत्या

काठमाडौँ, २७ भदौ । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न आरोपी लोक बहादुर कार्कीलाई प्रहरीले आइतबार संखुवासभा इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
कार्कीले ६ जनाको हत्या दाउराको चिर्पटले गरेको र हत्यालगत्तै चिर्पट जलाएको प्रहरीम समक्ष बयान दिएका छन् ।
घटनाको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एक अधिकृतका अनुसार आरोपीले ६ जनालाई आक्रमण गरी घर गएलगत्तै हत्यामा प्रयोग भएको चिर्पट बालेका थिए । प्रमाण नष्ट गर्ने उद्देश्यका साथ चिर्पट बालेको पाइएको ती अधिकृतले बताए ।
आरोपित ३ पटकसम्म वैदेशिक रोजगारीमा गए पनि काम गर्न नसकेर फर्केको प्रहरीको भनाइ छ ।
प्रहरीलाई पक्राउ परेका कार्कीले दिएको बयानअनुसार आफूलाई मृतक तेज बहादुरले पटकपटक गाली गर्ने गरेको, घरमा धेरै ऋण लागेको तर पैसा कमाउन नसकेको, जीवनदेखि हार मानेको र हीनताबोध भएको कारण तेजबहादुरप्रति रिस साँधी हत्या गरेको बताएका छन् ।
घटनामा जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी रुगम कुँवर र प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टरको टोली अनुसन्धानका लागि खटिएको थियो ।
आरोपीले सिआइबीका अनुसन्धान टोली समक्ष आफ्नो अपराध कबुल गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संखुवासभाको मादी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्