काँग्रेस नेता दिपक खड्काले गरे संखुवासभाको मादी घटनाका पीडितसँग भेट

नेपाली काँग्रेसका नेता दिपक खड्काले संखुवासभाको मादी घटनाका पीडितसँग भेटघाट गर्नुभएको छ ।
पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहेका खड्काले गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएपछि दुःखमा परेका कार्की परिवारसँग आज दिउँसो भेट गर्नुभएको हो ।
भेटका क्रममा उहाँले पीडित परिवारलाई सान्वना दिँदै हत्यामा सङ्लग्नलाई पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो । आगामी दिनमा यस्ता घटना घट्न नदिन उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनुभयो ।
काँग्रेस नेता खड्का विस २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसद समेत हुनुहुन्छ ।
क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #hot, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्