Techie IT
आईतबार, असार १०,२०८१

एमाले स्थायी कमिटी बैठक सुरु, के छन् एजेण्डा ?


प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बिहान ९ बजेदेखि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।

बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफलको एजेण्डा छ । त्यस्तै, आजको बैठकमा संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।

हिजो बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले स्थायी कमिटी बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
28°
Partly Cloudy
5:09 am7:02 pm +0545