५१ किलो प्रतिबन्धित लागूऔषध गाँजा सहित ४ जना पक्राउ

चितवन । चितवन प्रहरीले ५१ किलो प्रतिबन्धित लागूऔषध गाँजा सहित ४ जनालाइ पक्राउ गरेको छ । प्रहरीले आज शुक्रबार बिहान ०४.३० बजेको समयमा
काठमाण्डौंबाट मुग्लिङतर्फ आउँदै गरेको ना. ७. ख. ५०११ नम्बरको रात्रीवाहक बसबाट प्रतिबन्धित लागूऔषध गाँजा सहित ४ जनालाइ पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका १५ माधवपुर बस्ने २७ बर्षिया सोनाम बाईवा, कालिका नगरपालिका ८ कालिकाटोल बस्ने २५ बर्षिया बिमल तामाङ र काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ तउलुङ बस्ने २० बर्षिया राजकुमार तामाङ रहेका छन् ।
प्रहरीले सोनामको साथबाट ७ के.जी, बिमलको साथबाट ६ के.जी. र राजकुमारको साथबाट ३ के.जी प्रतिबन्धित लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।
यसैबीच, चितवन प्रहरीले नै २०७६ माघ १५ गते राती अंन्दाजी ११ बजेको समयमा राप्ती नगरपालिका वडा नंम्बर १ नयाँबस्तीमा ना. २. ह ५८८० नंम्बरको अटो रिक्साबाट ७ वटा पोकामा ३५ किलोग्राम लागूऔषध गाँजा फेला पारी फरार रहेका चालकलाइ समेत पक्राउ गरेको छ ।
प्रहरीले राप्ती नगरपालिका वडा नंम्बर १ पिप्ले बस्ने २० बर्षिया मिनराज घलानलाई हिजो (बिहीबार) राती ९ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई लागूऔषध मुद्दामा सम्मानित चितवन जिल्ला अदालत बाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीहरु अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्