Techie IT
सोमबार, जेठ ६,२०८२

बाढीले कार बगाउँदा चार जनाको मृत्यु


घोराही, १७ भदौ । दाङ जिल्लाको सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा चार जनाको मृत्यु भएको छ ।

चार जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भारतीय नाका रुपैडियाबाट किनमेल गरेर फर्कँदै गर्दा बुधबार राति प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।

बाढीले कार बगाउँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । प्रहरीका अनुसार घोराही उप–महानगरपालिका–१६ का जगत श्रेष्ठकी छोरीहरू ३२ वर्षीया सुशीला श्रेष्ठ र ३० वर्षीया राधिका श्रेष्ठ कुँवर मृत्यु भएको छ ।

कारमा रहेका घोराही–१३ का ४० वर्षीया रीतामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको पनि मृत्यु भएको छ ।

खुट्टा भाँच्चिएको अवस्थामा फेला परेका कार चालक घोराही–१५ निवासी ४० वर्षीय नरबहादुर पुनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बाढीले कार बगाउँदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:10 am6:49 pm +0545