गैर कानुनी रुपमा चन्दा संकलन गरेको आरोपमा दुइ जना पक्राउ

चितवन । गैर कानुनी रुपमा चन्दा संकलन गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ घर भई चितवन बस्ने ५१ बर्षिया सकुचन लामा र मकवानपुर मनहरी गाउँपालिका ३ बिजौला बस्ने २४ बर्षिया पासाङ नोर्बु लामा रहेका छन् ।
उनीहरुले सहयोग गर्ने बहानामा कार्यालय सन्चालन गरी कार्यालयमा कर्मचारी समेत राखेर मासिक रूपमा तोकिएको रकम उठाउनुपर्ने भन्दै अबैध तवरले गैर कानुनी रुपमा चन्दा संकलन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले (आइतबार) पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबै उपर अबैध चन्दा संकलन गरेको कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्