चितवनमा अरूको नाममा परीक्षा दिने २ जना नक्कली परीक्षार्थी पक्राउ

चितवन । चितवनमा प्रहरीले अरूको नाममा परीक्षा दिने २ जना नक्कली परीक्षार्थीहरुलाइ पक्राउ गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको पूर्व प्रकाशित सूचना अनुसार भाद्र महिनामा संचालन भएको डिप्लो तह प्रथम खण्डको सेमेष्टर प्रणालीको परीक्षा दिने दुई नक्कली परीक्षार्थीलाइ प्रहरीले पक्राउ गरेर हिजो (शुक्रबार) सार्वजनिक गरेको हो ।
भरतपुर १० मा रहेको नारायणी बहुप्राबिधिक शिक्षालयको परीक्षा केन्द्रबाट डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ कार्यक्रमको केमेष्ट्रि बिषयको आंशिक तर्फको परीक्षाको परीक्षा दिइरहेको अवस्थामा परीक्षा केन्द्रका कर्मचारीले फेला पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले १७ बर्षका नाबालक सहित सर्लाही बरहथवा नगरपालिका वडा नंम्बर ६ बस्ने २१ बर्षिया दिप कुमार रायलाइ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुउपर सम्मानित चितवन जिल्ला अदालतमा बुझाइ हिरासतमा राख्न म्याद थप अनुमति लिइ अनुसन्धान गर्न कार्य भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्