थप तीन हजार २६० मा सङ्क्रमण, ३२ जनाको मृत्यु

तीन हजार २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८०६ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ४७३ र चार हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
विगत २४ घण्टामा १५ हजार ४६२ जनामा नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सक्रिय सङ्क्रमितको कूल सङ्ख्या ३८ हजार १८० पुगेको छ । सो अवधिमा दुई हजार २९४ जना सङ्क्रमणमुक्त भएका छन् ।
आजसँगै कूल छ लाख ७७ हजार ३७७ जना सङ्क्रमणमुक्त भएका हुन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३३ जनाको निधन भएको छ । अहिलेसम्म कूल १० हजार २१२ जनाको कोरोना सङ्क्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल मृत्युदर एक दशमलव पाँच प्रतिशत रहेको छ ।
मन्त्रालयको अनुसार ७३७ जना सघन उपचार कक्षमा १८३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै ३४ हजार ८३८ जना होम आइसोलेशन, तीन हजार ३४२ संस्थागत आइसोलेशन र ४४१ जना क्वारेन्टिनमा रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सङ्क्रमण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्