प्रतिबन्धित लागूऔषध सहित भरतपुरबाट एक जना पक्राउ
चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एक जना महिलालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ११ बस्ने ४५ बर्षिया सानु तामाङ रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार पक्राउ परेकी तामाङले आफ्नै घरभित्र अवैध तरिकाले लागूऔषधको खरिद तथा बिक्रि बितरण गरीरहेको भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले शुक्रबार दिउँसो ३ बजे उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकी तामाङको घरमा प्रहरीले कानुन बमोजिम खानतलासी तथा चेकजाँच गर्ने क्रममा उनलेे लगाएको सुरुवालको बाँया खल्तीमा लुकाईछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित लागूऔषध डाईजेपाम ९ एम्पुल, फेनरागन ९ एम्पुलसहित ब्युप्रिनर्फिन ९ एम्पुल तथा काठको दराजभित्र कालो रङको सेतो सोल भएको जुत्ता भित्र लुकाइ छिपाइ राखिएको अवस्थामा सोही बराबरको प्रतिबन्धित लागूऔषधसहित जम्मा १८ एम्पुल डाईजेपाम, १८ एम्पुल ब्युप्रिनर्फिन, १८ एम्पुल फेनरागनसहित उनलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले बताए ।
पक्राउ परेकी तामाङ उपर लागूऔषध ऐन अन्तगर्तको मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाईएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्