Techie IT
आईतबार, वैशाख २१,२०८२

कोरोनाको तेस्रो लहरको तयारीका लागि विज्ञले दिए प्रधानमन्त्रीलाई १८ बुँदे सुझाव


कोभिड-१९ को तेस्रो महामारी आउने सम्भावना उच्च रहेको भन्दै सोको रोकथामका लागि पूर्वतयारी गर्न नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पत्र बुझाएका छन् । सुझावको पहिलो बुँदामा राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्नसक्ने क्षमता, सत्यनिष्ठा र इमानदार छवि भएको व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न आग्रह गरिएको छ ।

स्वास्थ्य सेवाहरुमा अवरोध खडा गर्ने सबैभन्दा ठुलो कारण नै लकडाउन हुने भन्दै प्रतिष्ठानले नेपालमा कोभिड–१९ समक्रमणभन्दा मुटु, फोक्सोको रोग, मस्तिष्कघात र पखालाका कारण बढी मानिसको मृत्यु हुन्छ भन्ने हेक्का राख्न आग्रह गर्दै बन्दाबन्दीमा यिनै कारणहरूबाट मृत्यु हुने सम्भावना बढी रहनेतर्फ ध्यानाकर्षण गराएको छ ।

सुझावपत्रमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीले हस्ताक्षर गरेका छन् ।

अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि उनीहरुले माग प्रस्तुत गरेका छन् । कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि उनीहरुको सुझाव छ ।

स्वास्थ्य सेवाहरुमा अवरोध खडा गर्ने सबैभन्दा ठुलो कारण नै लकडाउन हुने भन्दै प्रतिष्ठानले नेपालमा कोभिड–१९ समक्रमणभन्दा मुटु, फोक्सोको रोग, मस्तिष्कघात र पखालाका कारण बढी मानिसको मृत्यु हुन्छ भन्ने हेक्का राख्न आग्रह गर्दै बन्दाबन्दीमा यिनै कारणहरूबाट मृत्यु हुने सम्भावना बढी रहनेतर्फ ध्यानाकर्षण गराएको छ ।

यस्तै, सीमानामा रहेका जनताको आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्न, सहरका प्रत्येक वडा र गाउँपालिकाहरुमा कोभिडका बिरामीहरूका लागि अक्सिजन बैंक हुनुपर्नेमा पनि प्रतिष्ठानले ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #‘कोरोनाको तेस्रो लहर, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:20 am6:40 pm +0545