Techie IT
शनिबार, असार ७,२०८२

देउवाको विश्वासको मत : अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप


काठमाण्डौ ,साउन ४।

नेकपा एमालेका २२जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएपछी नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको बताएका छन  ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पोखरेलले उक्त कुरा बताएका हुन । हिजो भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो ।

प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् ।

पोखरेलको ट्विट :


क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545