एमाले एकता जोगाउन १० बुँदे सहमतिलाई अगाडि बढाइने

काठमाडौं, साउन । नेकपा (एमाले)को दोस्रो तहका नेताहरूले पार्टी एकतालाई जोगाउन कार्यदलले गरेको १० बुँदे सहमतिलाई अगाडि बढाउने भएका छन् ।
आज शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।
छलफलमा कार्यदलका रहेका ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।
यस्तै आजको छलफलमा एमाले सचिव भीम आचार्य पनि सहभागी थिए । उनीहरूले पार्टी एकता जोगाउन १० बुँदे सहमति सहयोगी बन्ने निष्कर्ष निकालेका हुन् ।
शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले पनि १० बुँदे सहमतिलाई अनुमोदन गरेको उल्लेख गर्दै उनले आजको छलफलमा त्यसलाई अगाडि बढाउने निष्कर्ष निकालिएको एक नेताले बताए । यसअघि एमाले एकताका लागि दुवै पक्ष सम्मिलित कार्यदलले १० बुँदे सहमति गरेको थियो ।
तर, २८ असारको सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापनासँगै ओली प्रधानमन्त्रीबाट हटेपछि सो सहमति प्रभावहीन बनेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले एकता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्