बैकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ
चितवन । बैंकिङ कसुरको मुद्दामा चार महिनादेखि फरार रहदै आएका भरतपुरका एक युवालाइ चितवन प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ ।
सम्मानित उच्च अदालत पाटनको गत, फागुन ३ गतेको फैसलाले ‘बैकिङ कसुरको मुद्दामा ८ दिन कैद र वाईस लाख रुपैयाँ’ जरिवाना फैसला सुनाई फरार रहदै आएका भरतपुर महानगरपालिका ११ बस्ने श्याम प्रसाद खनालको छोरा ५१ बर्षिया भरतराज खनाललाई आज (शुक्रबार) दिउँसो सवा एक बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर ०९ स्थित शरदपुरबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
प्रहरीका अनुसार बैंकिङ कसुरमा फरार रहदै आएका खनाल पछिल्लो समय चितवन जिल्लामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा उनीमाथि प्रहरीले निगरानी बढाउँदै आएको थियो । सोही क्रममा खोजतलासमा जुटेको प्रहरीले उनलाई शरदपुरबाट पक्राउ गरेको बताइएको छ । पक्राउ परेका उनीमाथि थप आवश्यक कार्वाहीका लागी सम्मानित चितवन जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।
यस अघि हिजो (बिहीबार) मात्रै प्रहरीले बैकिङ कसुरकै मुद्दामा फरार रहदै आएका झापाको दमक नगरपालिका वडा नंम्बर १६ तथा साविकको गोर्खेधाप गा.वि.स. वडा नंम्बर १ स्थाई ठेगाना भई हाल काठमाण्डौको चन्द्रगिरी नगरपालिका वडा नंम्बर १५ तीनथाना बस्ने ५५ बर्षीया गोपाल प्रसाद ढुंगेललाइ रत्ननगर नगरपालिकाको वडा नंम्बर ११ स्थित जिरौनाबाट पक्राउ गर्न सफल भएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्