बैकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

चितवन । बैंकिङ कसुरको मुद्दामा चार महिनादेखि फरार रहदै आएका भरतपुरका एक युवालाइ चितवन प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ ।
सम्मानित उच्च अदालत पाटनको गत, फागुन ३ गतेको फैसलाले ‘बैकिङ कसुरको मुद्दामा ८ दिन कैद र वाईस लाख रुपैयाँ’ जरिवाना फैसला सुनाई फरार रहदै आएका भरतपुर महानगरपालिका ११ बस्ने श्याम प्रसाद खनालको छोरा ५१ बर्षिया भरतराज खनाललाई आज (शुक्रबार) दिउँसो सवा एक बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर ०९ स्थित शरदपुरबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
प्रहरीका अनुसार बैंकिङ कसुरमा फरार रहदै आएका खनाल पछिल्लो समय चितवन जिल्लामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा उनीमाथि प्रहरीले निगरानी बढाउँदै आएको थियो । सोही क्रममा खोजतलासमा जुटेको प्रहरीले उनलाई शरदपुरबाट पक्राउ गरेको बताइएको छ । पक्राउ परेका उनीमाथि थप आवश्यक कार्वाहीका लागी सम्मानित चितवन जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।
यस अघि हिजो (बिहीबार) मात्रै प्रहरीले बैकिङ कसुरकै मुद्दामा फरार रहदै आएका झापाको दमक नगरपालिका वडा नंम्बर १६ तथा साविकको गोर्खेधाप गा.वि.स. वडा नंम्बर १ स्थाई ठेगाना भई हाल काठमाण्डौको चन्द्रगिरी नगरपालिका वडा नंम्बर १५ तीनथाना बस्ने ५५ बर्षीया गोपाल प्रसाद ढुंगेललाइ रत्ननगर नगरपालिकाको वडा नंम्बर ११ स्थित जिरौनाबाट पक्राउ गर्न सफल भएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्