राजमार्गमा अवरोध सृजना गरी ढुंगामुढा तथा आगजनी गर्ने दुइ जना पक्राउ

चितवन । चितवन प्रहरीले आगजनी तथा ढुङ्गामुढा गरी राष्ट्रिय राजमार्गमा अवरोध सृजना गरेको आरोपमा दुइ जनालाइ पक्राउ गरेको छ ।
पुर्वी चितवनको राप्ती नगरपालिका ३ निवासी २३ बर्षिया सुजिता भण्डारीको मृत्युको बिषयलाइ लिएर खैरहनी नगरपालिका वडा नंम्बर १ स्थित साइचोकमा राजमार्ग अवरुद्ध गरेर आगजनी तथा ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले खैरहनी नगरपालिका वडा नंम्बर २ काशीगाउँ बस्ने ३० वर्षीय सुरज डल्लाकोटी र खैरहनी नगरपालिका वडा नंम्बर १ साइचोक बस्ने १८ वर्षीय अनिष बस्नेतलाइ पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ परेका उनीहरूले हिजो (बुधबार) दिउँसो ४ बजे सुजिता भण्डारी मृत्युको प्रकरणलाई लिएर राष्ट्रिय राजमार्गमा अवरोध सृजना गरी सवारी आवागमनमा अवरोध गरेको तथा ड्युटीमा खटिएको प्रहरी टोलीमाथि समेत ढुङ्गामुढा गरी कर्तव्य पालनामा बाधा पुर्याएकोले आरोप छ । पक्राउ परेकाहरु उपर सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्