तीन दिन पछि खुल्यो पहिरोले अवरुद्ध माम्लिङ–पिलुवा खोला सडक

राष्ट्रिय गौरवको जोगमुनी—किमाथाङ्का कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ मा रहेको माम्लिङ–पिलुवा खोला सडक खण्ड तीन दिनपछि सञ्चालनमा आएको छ ।
पहिरो खसेर बन्द भएको सडक खण्डको पहिरो पन्छाएपछि बुधवार बेलुकी साढे पाँच बजेपछि दुवैतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एक्स्काभेटरले पहिरो पन्छाएर र ब्रेकरले ढुङ्गा फुटाएर सडक खोलिएको हो । बुधवार पानी पर्ने क्रम अलि रोकिएपछि पहिरो पन्छाउन र ढुङ्गा फुटाउन सहज भएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख श्रेष्ठको भनाइ छ ।
यता जोगमुनी—किमाथाङ्का कोशी राजमार्ग अन्तर्गत नै मकालु गाउँपालिकाको नुम—फ्याक्सिन्दा दोभान सडक खण्डको पहिरो भने अझै पन्छाउन नसकिएको उहाँले बताउनुभयो ।
अविरल वर्षाका कारण सोमवार कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको दुई ठाउँमा सडक खण्ड पहिरोका कारण बन्द भएको थियो । विराटनगर हुँदै धरान—धनकुटा भएर सङ्खुवासभामा भित्रिने कोशी राजमार्ग मुख्य सडक खण्ड हो ।
क्याटेगोरी : समाचार
ट्याग : #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्