चितवनमा १३ जुवाडे पक्राउ
चितवन । चितवन प्रहरीले नगद २ लाख ३२ हजार ६८० रुपैयाँँ सहित तेह्र जना जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंम्बर २ क्षेत्रपुर स्थित सुगम पियाको घरमा नगद पैसाको हार जित हुने गरी जुवा (तास) खेलीरहेको भन्ने विशेष सुराकीको आधारमा खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका २ बस्ने घर धनी सुगम पिया, सोही ठाउँ बस्ने रोशन खड्का, बिजय गुरुङ सुर्य बोहरा, मनिज कुमार र बद्रि बोहरा रहेका छन् । त्यस्तै, वर्डा नम्बर ३ बस्ने बिनोद खड्की, वर्डा नम्बर ७ बस्ने राम बहादुर मगर, वर्डा नम्बर ११ बस्ने पदम तामाङ, वर्डा नम्बर १२ बस्ने आषिस गुरुङ तथा गैंडाकोट ९ बस्ने नवराज क्षेत्रीलाइ समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई अहिले हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्