नेपालटारमा २० वर्षीय जेनिशा श्रेष्ठको रहस्मय मृत्यु
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ मा रहेको नेपालटारमा एक युवतीको रहस्मय मृत्यु भएको छ ।सुन्धारास्थित रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्ने २० वर्षीय जेनिशा भनिने कोपिला श्रेष्ठको अाइतबार राति रहस्यमय मृत्यु भएको हो । महानगरिय प्रहरी वृत बालाजुले घटनामा संलग्न भएको आशंकामा प्रेमी सागर कार्कीलाई पक्राउ गरेको छ ।
उनलार्इ भोलि मंगलबार अदालतबाट म्याद थपेर थप अनुसन्धान गर्ने तयारी गरिएको बालाजुका डिएसपी चिरञ्जीवी कोइरालाले जानकारी दिए । उनका अनुसार डान्स बारमै चिनजान भएर नजिकिएका उनीहरु नियमित जसो भेटघाट गरिरहन्थे ।
प्रहरीलाई युवकले दिएको बयान अनुसार उनीहरुले दिनभर जेनिशाकै कोठामा मदिरा पिएर बसेका थिए । सागरका अनुसार उनी ट्वाइलेटमा गएको वेला जेनिशा सलले पासो लागेर झुण्डिएकी हुन । उनले अाफूले देख्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगेको र उनको त्यही मृत्यु भएको बताएका छन । कार्कीको बयानमा प्रहरी ढुक्क हुननसकेकाले हत्याको अाशंका गरिएको छ । प्रहरीले पोष्टमार्टम रिपोर्ट अाएपछि थप जानकारी हुने बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रहस्मय मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्