पाँचखपन नगरपालिकाले शुरु गर्यो राहत बितरण कार्यक्रम
पहिलो चरणमा ८१ परिवारले पाए राहत

संखुवासभाको पाँचखपन नगरपालिकामा राहत वितरण सुरु गरिएको छ । कोरोना भाइरसबाट प्रभावित तथा संक्रतिका परिवारलाई शनिबार देखि राहत वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । आजै वडा नं. १ मा ८१ घर परिवारलाई राहत वितरण गरिएको १ नं. वडाका अध्यक्ष टेक बहादुर बुढाथोकीले बताउनुभयो ।
नगर भित्रका १ देखि ४ जनाको परिवारलाई एक बोरा चामल, २ किलो दाल, १ लिटर तेल र साबुन वितरण गरिएको छ भने ५ देखि ७ जनाको परिवारलाई डेढ बोरा चामल, ३ किलो दाल, २ लिटर तेल र साबुन वितरण गरिएको हो । त्यस्तै ८ जना भन्दा धेरै संख्या रहेको परिवारलाई २ बोरा चामल, ४ किलो दाल, ३ लिटर तेल र साबुन वितरण गरिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो । आइतबार वडा नं. ६ का संक्रमित परिवारलाई राहत वितरण गरिने वडा नं. ६ का अध्यक्ष नरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
क्याटेगोरी : tags, समाचार, स्थानीय
ट्याग : #पाचखपन नगरपालिका, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्