काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी
काठमाडौं उपत्यकामा जेठ ३१ पछि पनि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच एक साता निषेधाज्ञा थप गरिने गृहकार्य भएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञा थप गर्नेबारे गृहकार्य भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार निषेधाज्ञा केही खुकुलो पार्ने तयारी छ । ‘विकास निर्माणका कामलाई निरन्तरताका साथ प्राथमिकता दिइनेछ । बिहान ९ बजेसम्म खाद्यान्न पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइनेछ । यस विषयमा हामी निरन्तर गृहकार्यमा छौं’, उनले भने, ‘संक्रमणदरमा सुधार आए पनि मृत्युदरमा सुधार नआएको सरोकारवालाहरुको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निषेधाज्ञा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्