नाबालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

चितवन । चितवनमा आठ बर्षिया नाबालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तनहुँ बन्दीपुर नगरपालिका ६ घर भई हाल भरतपुर महानगरपालिका ७ स्थित माछापुच्छ्रेमा डेरा गरी बस्ने एक नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले उदयपुर कटारी नगरपालिका ६ घर भई हाल भरतपुर महानगरपालिका ९ बस्ने ३८ बर्षिया दिपमान सिंह राईलाइ (आइतबार) पक्राउ गरेको हो ।
पक्राउ परेका राइ र बालिकाकी आफन्त बिगत २ बर्ष देखी सामान्य चिनजान रहेको र सोही क्रममा राइले घरमा कोही नभएको अवस्थामा एकान्त समयको मौका छोपी शनिबार साँझ जवरजस्ती करणी गरेको बताइएको छ ।
पक्राउ परेका उनलाई सम्मानित चितवन जिल्ला अदालतबाट १० (दश) दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाले विहानैदेखि बान्ता गरेपछि आफन्तले घटना बारे थाहा पाएका हुन् । उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा रगत जमेको छ । घरमा बालिकाकी १० वर्षीय दाजु र आमा बसोबास गर्दै आइरहेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्