बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका ४९ जनाविरुद्ध २१ दिने सूचना

काठमाडौँ । मालपोत कार्यालय काठमाडौंले बालुवाटारको ललिता निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिनको अन्तिम सूचना जारी गरेको छ ।
दुई महिनाअघिनै ४९ जनाको घरमा म्याद तामेल गरिएकोमा जग्गा को कारण सरकारको नाममा ल्याउन नपर्ने भन्ने जवाफ दिन उपस्थित नभएको सूचनामा उल्लेख छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने मुख्य अभियुक्त रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङसहित ४९ जनाको नाममा अन्तिम सूचना जारी गरिएको हो ।
यसअघि नै कुमार रेग्मी र नवीन पौडेलले आफ्नो नाममा रहेको जग्गा सरकारलाई बुझाइसकेकाले उनीहरुमाथि मुद्दा चलेको छैन । बाँकी सबैमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ललिता निवास
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्