३० बर्षमै क्याम्पस प्रमुख भए टीकापुरका मिलन सुवेदी
टीकापुरका मिलन सुवेदी कलिलै उमेरमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको क्याम्पस प्रमुख भएका छन । सानै देखि पढाईमा तेजिला सुवेदी गत वैशाखदेखि त्रिविको रामपुर कृषि क्याम्पस खैरहनीमा क्याम्पस प्रमुखमा नियुक्त भएका छन । विस २०७३ साल पुस १३ गते त्रिवि सेवा आयोगले लिएको परीक्षामा उत्तिर्ण भई उपप्राध्यापकमा नियुक्त भएका उनी हाल रामपुर क्याम्पसको क्याम्पस प्रमुख रहेका छन । उनको क्षमता र लगनशीलताले त्रिविले क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
वि.स. २०६० सालमा एसएलसी पास गरी १०+२ पछि रामपुरस्थित केन्द्रीय कृषि क्याम्पसमा स्नातकोत्तर अध्ययन पुरा गरेका उनी हाल त्यही क्याम्पसका प्रमुख भएका छन ।
‘‘मेरो क्याम्पस चलाउने क्षमता र विश्वासले मलाई त्रिविका पदाधिकारीहरुले क्याम्पस प्रमुखको जिम्मेवारी दिनुभएको छ’ उहाँले भन्नुभयो–‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु । म यो जिम्मेवारी पुरा गर्दछु ।’’
२०७० सालमा करार सेवामा प्रवेश गरेका उनी अरु प्रतिस्पर्धीलाई उछिन्दै क्याम्पस प्रमुख भएका हुन । चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातकोत्तर गरेका उनी पहिले आफ्नै घर टिकापुरमा गाई पालन गरेर बसेका थिए । तर विस २०७२ भदौ ७ गतेको टिकापुर घटनापछि उनको गाइपालन व्यवसाय फस्टाउन नसकेपछि उनी त्रिवि सेवा आयोलको लिइएको परीक्षामा सामेल भई पक्लिहवा क्याम्पसमा उप भएका हुन । क्याम्पस प्रमुख हुनुभन्दा अगाडि उनले टिकापुरको स्थित वनगाउँमा बिस (२०) गाई पालेका थिए ।
त्यसबाट उनले महिनामा एक लाख रुपिया कमाउने गर्दथ्ये ।
‘‘पढेर जागिरै खाने मानसिकता ममा थिएन’ उनले भने–‘तर टिकापुर घटनापछि मेरा व्यवसाय नफस्टाएपछि जागिर खानका लागि काठमाडौ आएर त्रि.वि सेवा आयोगको परीक्षा दिएको हुँ ।’’
भर्खरै क्याम्पस प्रमुखमा नियुक्त हुनु भएका उहाँ क्याम्पस संचालन गर्न सजिलो नभएको बताउछन । स्थायी भएको एक बर्षमै क्याम्पस प्रमुखमा नियुक्त गरेपछिउनमा उत्साहसंगै चुनौती समेत थपिएको छ । एकातिर कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्ने र अर्को क्याम्पसको गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि प्रयत्न गर्नुपर्ने। एक पटक संचालन बन्द भएर खुलेको क्याम्पसलाई पुर्नजीवन सहित गुणस्तरीय शिक्षा दिईकुशल विज्ञ उत्पादन गर्न नेत्तृत्व गर्ने उहाँमा चुनौती रहेको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर परिसरमा स्थापना भएपछि त्रिविले खैरहनीमा रामपुर क्याम्पसको पठनपाठन पुनः संचालन गरेको हो । अहिले स्नातक तहमा पढाई हुने उक्त क्याम्पसमा ५० जना विद्यार्थी अध्ययनरत रहेका छन ।
विस २०६९ सालमा स्थापना भएको कृषि तथा बनविज्ञान विविसंगको विवाद भएपछि रामपुर क्याम्पसको पठनपाठन र भर्नाबन्द भएको थियो । तर गत असारबाट, त्रिवि र सरकारसंगको सहमति अनुसार उक्त क्याम्पस पुन संचालनमा आएको छ ।
उहाँले नेपाल कृषि प्रधान देश भएकोले कृषि विज्ञ उत्पादन गरी मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुहुन्छ ।
‘कृषिमा धेरैयुवा कृषिमा आकर्षित भइरहेका छन’ उहाँले भन्नुभयो–‘‘त्यस्ता युवालाई कृषिमा आर्कर्षित गराई उत्पादनमुखी कार्यमा लगाउने हो भने आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’’
उहाँले अवको कृषि शिक्षा देश सुहाउदो कृषि विज्ञ उत्पादन गर्नमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । किसानसंग जोडिने खालका कृषिविज्ञ उत्पादन गर्नुपर्ने आवश्यक रहेको छ । यसका लागि कृषकका समस्या केन्द्रीत प्रयोगात्मक कक्षा संचालन हुनुपर्नेमा जोड दिनुहुन्छ ।
क्याम्पस प्रमुख सुवेदीले नयाँ भवनमा क्याम्पस रहेकोले भौतिक संरचना, शिक्षक र कर्मचारीको कमी, प्रयोगशालाको अभाव, पुस्तकालयको अभाव झेल्नु परेको बताउनुहुन्छ ।
उहाँले क्याम्पस स्तर उन्नतिका लागि सरकारले सहमति अनुसारको जग्गा उपलब्ध गराए स्नात्तकोत्तर तहसम्मको कक्षा समेत संचालन गर्न सकिने बताउनुुहुन्छ । क्याम्पसलाई अहिले खैरहनी नगरपालिकाले सहयोग गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #क्याम्पस प्रमुख
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
- ८मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
तपाईको कमेन्ट लेख्नुहोस्