चितवनमा नक्कली पत्रकार पक्राउ

चितवन । चितवनमा नक्कली पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा कोल्वि नगरपालिका २ खैरा घर भई हाल भरतपुर महानगरपालिका ३ प्रेसमार्गमा फोटो स्टुडियो सन्चालन गरी बस्ने रामशरण भेटवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार भेट्वालले आफु प्रधान सम्पादक हुँ भन्दै पल खबर डटकमको परिचयपत्र बोकी हिंडेकोमा थप सोधपुछ गर्दा उनी उक्त अनलाइनको कुनै प्रधान सम्पादक नरहेको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको बताए ।
(एसपी) अधिकारीले भने, पक्राउ परेका उनको साथबाट रामशरण भेट्वाल प्रधान सम्पादक लेखेको प्रेस कार्ड समेत बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान गर्ने कार्य भईरहेको जनाएको छ । यस अघि चितवन प्रहरीले गएको बैशाख ३० गते पनि भरतपुर महानगरपालिका ३ स्थित पुलचोकबाट गैंडाकोट नगरपालिका २ बस्ने बिजय लामिछाने लाइ नक्कली परिचयपत्र सहित पक्राउ गरेको थियो ।
चितवन प्रहरीले निषेधाज्ञाको अवधीमा अहिलेसम्म दुइ जना नक्कली पत्रकारलाइ पक्राउ गर्न सफल भइसकेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले लगाएको निषेधाज्ञाको क्रम्मा जिल्लाको सुरक्षा ब्यवस्था कडा बनाउँदै गएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्