तुम्लिङटार विमानस्थलमा वुद्ध एयर एटीआर–७२ जहाजको परिक्षण उडान ( फोटो फिचर )

खाँदबारी – पुर्बी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमान स्थलमा वुद्ध एयरको एटीआर–७२ जहाजले परिक्षण उडान गरेको छ । तुम्लिङटार विमान स्थलमा पहिलो पटक शुक्रबार ७२ सिट क्षमताको जहाजले परिक्षण उडान गरेको बुद्ध एयर तुम्लिङटार कार्यालयका सिनियर अफिर राजीव पोख्रेलले बताउनुभयो ।
बुद्धको एटीआर–७२ जहाजले काठमाडौं–तुम्लिङटार परीक्षण उडान गरेको हो । परिक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा, नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी डेपुटी डाइरेक्टर जनरल भोलाप्रसाद गुरागाई, फ्लाइट इन्सपेक्टर क्याप्टेन दधिराम निरौला सहितको टोली आज जहाजमा आएका थिए । पहिलो फ्लाइट भएकाले फ्लाइट अपरेशन लगायत बुध्द एयरका अपरेशन तथा टेक्निकल सहितको टिमले एयरपोर्टको अनुगमन समेत अफिर पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलले भन्नुभयो–‘आजको परिक्षण उडाउन सफल भयो, २ हप्ता भित्र यसको रिर्पोट आउने छ ।’ रिर्पोटमा तुम्लिङटार एरपोर्टमा ७२ सिटको उडान योग्य भनि सिफारिस गरे उडान खुल्ला गर्नसाथ एटीआर–७२ ले उडान सुरु गर्ने पोख्रेल बताउनुभयो ।
लकडाउनको केहि दिन अगाडिबाट बुद्धले ४७ सिटको जहाजले काठमाण्डौ–तुम्लिङटार, तुम्लिङटार–विराठनगर उडान सुरु गरेको थियो । बुद्धले हप्ताको सातै दिन काठमाण्डौ–तुम्लिङटार र हप्ताको तिन दिन (आइतबार, बुधबार र शुक्रबार) तुम्लिङटार–विराठनगर उडान गर्दै आएको थियो । तुम्लिङटारमा बुद्ध र यती एयरको जहाजले उडान गर्ने गरेको छ । यती एयरले ३२ सिट क्षमताको जहाजले उडान गदै आएको थियो ।
क्याटेगोरी : tags, पर्यटन, फोटो फिचर, विशेष, समाचार
ट्याग : #budhha air, #sankhuwasava, #tumlingtar
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्