चितवन प्रहरीको सक्रियता : लागूऔषध गाँजा मुद्दामा फरार प्रतिवादी पक्राउ

चितवन । चितवन प्रहरीले लागूऔषध गाँजा मुद्दामा फरार रहदै आएका एक प्रतिवादीलाइ मंगलबार पक्राउ गर्न सफल भएको छ ।
चैत १२ गते चितवन जिल्ला अदालतले लागूऔषध गाँजा मुद्दामा सात बर्ष कैद र ७० हजार रुपैयाँ जरीवाना तथा दुइ हजार आठ सय राहत कोषमा दाखिला गर्न आदेश भए बमोजिम फरार रहदै आएका भरतपुर महानगरपालिका २४ बस्ने पदम बहादुर तामाङलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
झन्डै २ महिनासम्म फरार रहदै आएका तामाङलाइ प्रहरीको ब्यापक खोजतलास तथा सक्रियताका कारण मंगलबार पकाउ गर्न सफल भएको चितवन प्रहरीका प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । (एसपी) अधिकारीका अनुसार पक्राउ परेका तामाङलाइ फैसला कार्यान्वयनको लागी सम्मानित चितवन जिल्ला अदालतमा बुझाईएको र अदालतको आदेश अनुसार नै तामाङलाइ जिल्ला कारागार भरतपुरमा पठाइएको बताए ।
निषेधाज्ञाको बाबजुद पनि चितवन प्रहरीले फरार प्रतिवादीहरुलाइ धमाधम पक्राउ गर्दै फैसला कार्यान्वयनका लागी जिल्ला अदालतमा बुझाउदै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्