Techie IT
सोमबार, वैशाख २२,२०८२

लोभ, कुण्ठा र ईष्याले भरिएका माधव – प्रचण्डको कम्यनिष्ट आन्दोलन समाप्त पार्ने योजना


काठमाडौँ । एमाले महासचिव एवं  उपप्रधानमन्त्री ईश्वर पोखरेलले माधवकुमार नेपाल मुलुकको कम्यनिष्ट आन्दोलन नै समाप्त पार्ने योजनाका साथ अघि बढेको बताउनुभयो ।

कुण्ठा, इष्र्या र द्धेष भावबाट ग्रसित भएर नेता नेपाल कम्युनिष्ट आन्दोलनबिरुद्ध नै ज्यान फालेर षडयन्त्र बुन्न लागेको पोखरेलले भन्नुभयो ।

‘माधव नेपालले केही समययता जुन हर्कत गर्नुभयो, आफ्नै पार्टीबिरुद्ध बिपक्षी दल नेतृत्वको गठबन्धनको एउटा साझेदार हिस्सता बन्नुभयो, यसभन्दा अनैतिक काम के हुन सक्छ ? यसभन्दा दुर्भाग्यपुर्ण कुरा अरु के हुन्छ,’पोखरेलले भन्नुभयो, ‘आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीबिरुद्ध बिपक्षी दलसँग मिलेर खुलेयाम हिडने काम कम्युनिष्ट पार्टीका कुनै पनि नेता कार्यकर्ताले गर्नै सक्दैनन, यो त सारै ठूलो अपराधपूण काम हो । कुण्ठा र इश्र्या पूरा गर्न माधवले इतिहासमै सारै ठूलो भूल र गम्भीर अपराध गर्नुभयो ।’

ढाडमा टेकेर टाउकोका हान्न माहिर प्रचण्ड र लोभ, कुण्ठा र ईष्याले भरिएका माधवकुमार नेपालको दोस्तीले पार्टीमा विभाजन देखापरेको र कांग्रेसको पाउमा पुगेको उहाँले बताउनु भयो । महासचिव पोखरेलले अब कम्युनिस्ट आन्दोलन र एमाले नयाँ ढंगबाट अघि बढ्ने स्पष्ट पार्नुभयो ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गठित उच्चस्तरीय समिति कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज नभई झन् सशक्त बनाइएको जानकारी दिनुभएको छ ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सिसिएमसी खारेज नभई थप सशक्त बनाइएको स्पष्ट पार्नुभयो ।

“सिसिएमसी खारेज भएको होइन । कोभिड–१९ रोकथाम र नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सिसिएमसीको नै हो ।” उहाँले भन्नुभयो, “सिसिएमसीलाई थप व्यवस्थित मात्र बनाइएको हो । सिसिएमसी छँदैछ ।”

उहाँले केही सञ्चारमाध्यमले सिसिएमसी खारेज गरेको हल्ला फिँजाएको भन्दै त्यो सत्य नभएको प्रष्ट पार्नुभयो । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा गठन गरिएको निर्देशक समितिले देशभरी कोभिड–१९ व्यवस्थापन कार्यलाई निर्देशन दिने जानकारी दिनुभयो ।

सरकारले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ बाट यही जेठ ६ गते कोभिङ–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा १० सदस्यीय निर्देशक समिति समेत गठन गरेको थियो ।

माधवकुमार नेपाल मुलुकको कम्यनिष्ट आन्दोलन नै समाप्त पार्ने योजनाका साथ अघि बढेको भन्दै कुण्ठा, इष्र्या र द्धेष भावबाट ग्रसित भएर नेता नेपाल कम्युनिष्ट आन्दोलनबिरुद्ध नै ज्यान फालेर षडयन्त्र बुन्न लागेको बताउनुभयो ।

‘माधव नेपालले केही समययता जुन हर्कत गर्नुभयो, आफ्नै पार्टीबिरुद्ध बिपक्षी दल नेतृत्वको गठबन्धनको एउटा साझेदार हिस्सता बन्नुभयो, यसभन्दा अनैतिक काम के हुन सक्छ ? यसभन्दा दुर्भाग्यपुर्ण कुरा अरु के हुन्छ,’पोखरेलले भन्नुभयो, ‘आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीबिरुद्ध बिपक्षी दलसँग मिलेर खुलेयाम हिडने काम कम्युनिष्ट पार्टीका कुनै पनि नेता कार्यकर्ताले गर्नै सक्दैनन, यो त सारै ठूलो अपराधपूण काम हो । कुण्ठा र इश्र्या पूरा गर्न माधवले इतिहासमै सारै ठूलो भूल र गम्भीर अपराध गर्नुभयो ।’

ढाडमा टेकेर टाउकोका हान्न माहिर प्रचण्ड र लोभ, कुण्ठा र ईष्याले भरिएका माधवकुमार नेपालको दोस्तीले पार्टीमा विभाजन देखापरेको र कांग्रेसको पाउमा पुगेको उहाँले बताउनु भयो । महासचिव पोखरेलले अब कम्युनिस्ट आन्दोलन र एमाले नयाँ ढंगबाट अघि बढ्ने स्पष्ट पार्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545