रौतहटमा डुङ्गा दुर्घटनामा परि बेपत्ता मध्ये २ जनाको शव फेला
रौतहट । रौतहटको गौर नगरपालिका–४ स्थित टीकुलिया घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परि बेपत्ता मध्ये दुई जनाको शव फेला परेको छ । ५ जना अझै हराइरहेका छन् । औरैयाका ३५ वर्षीय रुनादेवी पटेल र गौर नगरपालिका–४ टीकुलियाकी शान्ती देवीको शवभारतको शिवघर जिल्ला जमुवा घाटमा फेला परेको प्रहरीले जनाएको छ।
उक्त घटनामा २४ जना पौडिएर बाच्न सफल भएकाछन्। उनीहरु स्थानीय प्रशासनको सम्पर्कमा आइसकेका छन्। खेतीबाट काम गरेर फर्किदै गर्दा पुलको पिलरमा ठोक्किएर डुङ्गा डुबेको थियो।
आइतबार बिहान १० बजेसम्म हराइरहेका ५ जना बारेजानकारी नआएको र खोजी जारी रहेकोप्रमुख जिल्ला आधिकारी गोविन्दप्रसाद रिजालले बताए। उनीहरुको खोजीमा भारतीय सीमा सुरक्षा बलको टोली समेत खटिएको छ। अहिले दुर्घटनाग्रस्त डुङ्गा बाहिर निकाल्ने प्रयास भइरहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रौतहटमा डुङ्गा दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्